गैह्रीगाउँ हत्या प्रकरण

गैह्रीगाउँ हत्या प्रकरण : श्राद्ध गर्न दोलखाबाट आएकी थिइन् आमा

शनिबार, भदौ ३०, २०८०

काठमाडौं – काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये ७६ वर्षीया की शुभद्रा भुजेल हिजो मात्र गैह्रीगाउँ आएको पाइएको छ ।

उनी श्राद्ध गर्न २६ गते दोलखाबाट काठमाडौं आएका थिइन् । बिहीबार श्राद्ध सकेर उनलाई कान्छो छोराले बालुवाटारबाट जेठो छोरा कुमारको ल्याइदिएका थिए । जेठो छोरामा एक रात पनि विताउन नपाई उनीसहित परिवारका तीनै जनाको विध्वंश तरिकाले हत्या गरेको छ । उनीहरु सबैको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शुभद्रा आज दोलखा फर्किने तयारीमा थिइन् ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्