अर्थ मन्त्रालयद्वारा एकैसाथ ५५ कर्मचारीको सरूवा

बुधबार, भदौ २७, २०८०

काठमाडौँ– अर्थ मन्त्रालयले उपसचिवसहित एकैसाथ ५५ जना कर्मचारीको सरूवा गरेको छ ।

मन्त्रालयका अनुसार नियमित सरुवा अन्तरगत अर्थ प्रशासनभित्र उपसचिवसहित ५५ जना कर अधिकृतहरुको एकैसाथ कर कार्यालयमा सरूवा गरेको हो  । 

मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई ठूला करदाता कार्यालय, चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटी र राजुप्रसाद प्याकुलरेललाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर मा खटाइएको छ ।

त्यस्तै, ठमेल कार्यालयमा विमला अधिकारी, लाजिम्पाटमा बोधराज आचार्य र नयाँ बानेश्वरमा गोविन्दराज आचार्य र कलंकीमा ज्ञानहरि पन्थीलाई सरुवा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्