बोगटी र सुवेदी युवा पत्रकारिताबाट सम्मानित

बुधबार, भदौ २७, २०८०

काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुवेदीलाई सम्मान गरेको छ ।  

मञ्चको २८औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच  खेलपत्रकार बोगटी र युवा खेल पत्रकार सुबेदीलाई सम्मान गरेको हो । 

सम्मान संगै मञ्चले बोगटीलाई नगद २५ हजार र युवा पत्रकार सुबेदीलाई एउटा ल्यापटप, पुष्पगुच्छा र दोसल्ला ओडाएर सम्मान गरेको हो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको खेलकुद क्षेत्र र खेलाडीलाई टिकाईराख्न सहभागीताको प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।  

मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई हरेक बर्ष सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्