बलात्कार मुद्दामा जेल बसेर निस्किएका श्रेष्ठ फेरि समातिए, यस्तो छ आरोप

मंगलबार, भदौ २६, २०८०

काठमाडौँ– बलात्कार मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेका सुरज कुमार श्रेष्ठलाई अपराधिक लाभ लिने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको हो । 

श्रेष्ठले सञ्चालन गरेको घरजग्गा कारोवार तथा ड्राइभिङ्ग सेन्टरमा पिडितलाई राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिई डरत्रासमा पारी, कुटपिट समेत गरी जवरजस्ती  २० लाख रुपैयाँको चेक र  ८ लाख ५० हजार रुपैयाँको कागज गराई अपराधिक लाभ लिने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।

श्रेष्ठ यसअघि जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको साथै गुण्डागर्दीमा समेत संलग्न रहेको अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

पक्राउ परेलगत्तै उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाइएको र अन्य संलग्नको व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्