Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्षाले रोकिएको भारत र पाकिस्तानबीचको खेल सुरू

सोमबार, भदौ २५, २०८०

काठमाडौं- एसिया कप क्रिकेटमा वर्षाले रोकिएको भारत र पाकिस्तानबीचको खेल सुरू भएको छ। मुसलधारे वर्षा रोकिएसँगै खेल सुरू भएको हो। सुपर फोरको आइतबारको खेलमा भारतले टस हारेर ब्याटिङ गरिरहँदा २४ दशमलब १ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएपछि पानी परेर खेल रोकिएको थियो।

आइतबार हुन नसकेको खेल आज रिजर्भ डे मा खेलाउन लागिएको हो। आज पनि पानी परेपछि खेल ढिलोगरी (नेपाली समय अनुसार ४:५५ बजे) सुरू भएको हो।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्