नेभिगेशन
सुरक्षा–अपराध

ताप्लेजुङका डीएसपीसहित परिवारलाई मार्ने कांग्रेस प्रदेश सांसदको धम्कीपूर्ण भाषण

काठमाडौं नेपाली कांग्रेस कोसी प्रदेशका सांसद खगेनसिंह हाङनामले ताप्लेजुङका जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुसहित उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका छन्।

प्रहरीविरुद्ध हतियारसहित आन्दोलन गरेपछि भएको कोण सभामा हाङनामले त्यस्तो धम्की दिएका हुन्। 

तेरो बर्दी खोल्न पनि हामी तयार छौं। अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्? कहाँ लुक्छस्? के खान्छस्? कस्तो लुगा लाउँछस्? उनले चेतावनी दिँदै भाषणमा भनेका छन्,‘तेरो तेरो बाउ आमा कहाँ छन्? तेरो छोराछोरी कहाँ छन्? त्यो पनि पत्ता लाएर हामी मार्छौं।

कांग्रेसको तरुण दलका केही कार्यकर्ता र प्रहरीबीच भएको तनाव तथा सांसदमाथि नै प्रहरीले अभद्र व्यवाहार गरेको भन्ने आरोपसहित आन्दोलनपछि भएको सभामा उनले भने,‘पानीमुनी लुकोस् कि पानीमाथि, खबरदार सक्छस् भने यहीँ आइज। लड्न आइज, यहीँ आइज। म लुगा खोल्न तयार छु तँसँग आइज। यहाँ आइज, खेल्न सक्छस् भने आइज। तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्? तँलाई म तीस सेकेण्ड राख्दिनँ बाँकी।

उनले कांग्रेस सरकार आएपछि देखाइदिने चेतावनी दिँदै भने,‘म जस्तो राजनीतिक भेला गर्न आइज। तिमीलाई राजनीतिक बहस गर्छौ कि,जनताको सेवा गर्छौ कि? देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ ? वाकयुद्ध गरौं । होइन भने मुठभेड पनि गरौं तँ डिएसपीसँग।

प्रहरीलाई हातपात गर्ने र पेस्तोल खोस्न खोजेपछि विवाद भएको बताइन्छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध