नेभिगेशन
सुरक्षा–अपराध

मानव तस्करीका खुंखार नाइकेलाई प्रहरीले समात्यो, अमेरिकी नागरिक बनेका थिए गौतम

काठमाडौं नेपाल प्रहरीले मानव तस्करीका एक जना खुंखार नाइकेलाई पक्राउ गरेको छ। मानव बेचबिखन ब्युरोको टोलीले अमेरिकी नागरिक बनिसकेका हस्त गौतमलाई भैरहवामा पक्राउ गरी काठमाडौं झिकाएको हो।

भारत हुँदै नेपाल आउने क्रममा उनलाई गत बुधबार नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। नेपाली युवायुवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ। गौतमविरुद्ध ६ जनाको उजुरी परेको थियो।

ब्युरोले ७ साउनमा कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अमेरिकाको टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पुगेका थिए।

गौतमले प्रहरीसमक्ष अपराध कबुल गरेका छन्। हालसम्म दुई सयजनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको बयान प्रहरीलाई दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध