नेभिगेशन
सुरक्षा–अपराध

आफन्तमाथि अन्यायको दुश्चक्र चलाउने पूर्वसह–सचिव खापुङले युएन पार्कसमेत छाडेनन्!

काठमाडौंमालपोत अड्डा डिल्लीबजारको प्रमुख रहँदा पूर्वसहसचिव प्रेमबहादुर खापुङले युएन पार्कको सरकारी जग्गा व्यक्तिका नाममा पार्नका लागि करोडौं कमिशन लिएको आरोप लागेको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने क्रममा ६८ करोडभन्दा बढी मुल्यको सम्पत्ति जोडेका उनले काठमाडौंमा रहेका सार्वजनिक जग्गामा जहिल्यै किर्ते र गिद्दे नजर लगाएको विवरण प्राप्त भएका छन्।

यति मात्र होइन आफन्तकै जग्गामा उनको किर्ते कर्मको दुश्चक्र कम छैन। ताप्लेजुङदेखि झापा हुँदै काठमाडौंसम्मका जग्गामा मुद्दा मामिला गर्ने, गर्न लगाउने र आफू प्रशासकहुँदा रहेका सहकर्मीमार्फत दुख दिलाउने काम पनि गरिरहेका छन्।

खापुङले आँखा गाडेको युएन पार्क प्रकरणको चर्चा गरौं

सरकारको नाममा रहेको उक्त जग्गा भूमाफिया जेएन तण्डुकार, पूर्णबहादुर तण्डुकारहरू लाग्दा खापुङले मालपोत कार्यालय प्रमुखका रुपमा सहयोग गरेको आरोप लागेको थियो।

सरकारको नामको जग्गा व्यक्तिका नाममा पार्नका लागि विभिन्न खेल भए। त्यो खेलमा मालपोतका तर्फबाट सहयोगी भूमिका उनैले खेलेका थिए, स्रोतले भन्यो,‘कुनकुन जग्गा व्यक्तिका नाममा आउन सक्छ भन्ने विवरण दिँदै त्यसमा तोक लगाउने सहमति समेत गरेर खापुङले कमिशनवापत क्यास र जग्गा लिने गरेका थिए।

यता, उनै खापुङको षडयन्त्रको शिकार बनेकी छन्, जेठीसासु शिवरुपा लिम्बु। खापुङले काठमाडौं१६ मा शिवरूपा लिम्बुनीको नाममा रहेको एक रोपनी १० आना जग्गा कब्जा गरेर बसेका थिए। त्यसको उजुरी जिल्ला प्रशासनमा परेपछि खापुङले सबै जग्गा कब्जा गर्नका लागि अदालती बाटोलाई अनेक प्रपञ्च गरी प्रयोग गरेको देखिन्छ।

उक्त जग्गा उपभोग गर्न नदिएपछि जिप्रका काठमाडौंमा शिवरूपा र परिवारका अन्य सदस्यले ९१९९ नम्बरमा शान्ति सुरक्षा पाउँ भनी गएको २३ फागुनमा उजुरी दर्ता गराएका थिए।

शिवरुपाका पति स्व. ललितबहादुर लिम्बुले पत्नी र आफ्ना तीन छोराका लागि भनेर ०४७ सालमा लिएको जग्गा खापुङले रेखदेख गर्दै आएका थिए तर १० बर्षदेखि भने कब्जा नै जमाएर फिर्ता दिएका थिएनन्।

पीडित परिवारका अनुसार सो जग्गासहित अब खापुङले पुख्र्यौली सम्पत्तीमा पनि आँखा लगाएका छन्। ताप्लेजुङदेखि झापासम्मका जग्गा जमिनलाई चलाउन नसक्ने अवस्थामा पुराउनका लागि मुद्दामामिलाको षडयन्त्र गरेका कागजपत्र सुरक्षित छन्। 

जग्गा भनेपछि कतिसम्म हिरिक्क गर्ने व्यक्ति रहेछन् भन्ने अर्को प्रमाण त ललिता निवासको जग्गाले देखाउँछ। स्वयम् आफूसहिते श्रीमती खिमादेवी आङबुहाङ तथा सालोकी श्रीमती शशिकला सुब्बाको नाममा तीन रोपनी एक आना दुई पैसा जग्गा खापुङले लिएको छताछुल्ल भइसक्यो।

काठमाडौंका अन्य सार्वजनिक ठाउँमा पनि उनले जग्गा कायम गरी राखेका छन्, स्रोतले भन्यो,‘धोवी खोलादेखिका सार्वजनिक जग्गमा पनि उनको कब्जा छ।

अन्यायको दुश्चक्र कोर्ने र विवादको चाङमा रहेका कारण खापुङलाई किराँत याक्थुम चुम्लुङले कारबाही गरेको थियो भने अनैतिक ऋण दिएर डुबाएका कारण गुर्खाज फाइनाइन्सले सञ्चालक समितिबाट हटाएको थियो।

खापुङविरुद्ध अकुत सम्पत्ति कमाएको, कब्जा गरेको र भ्रष्टाचार गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेका छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध