नेभिगेशन
सुरक्षा–अपराध

ब्राउन सुगरसहित तीन भारतीय नागरिक झापाबाट पक्राउ

झापाझापाको भद्रपुर नगरपालिका८ बिमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काकडभिट्टाबाट १ जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलवार दिउँसो तिन जनालाई पक्राउ गरेको हो।

भारतीय नागरिक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ बर्षीया कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ बर्षीय कल्याण बर्मनलाई प्रहरीले पक्राउ गरेको हो।

राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण बर्मन ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध सहित काकडभिट्टाबाट पक्राउ परेका हुन्। उनीहरूको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध