Nic Ad Nic Ad
Nic Ad Nic Ad
कोशी प्रदेश

कोशी प्रदेशमा ‘विश्वासको मत’सम्बन्धी विवाद हेर्दाहेर्दैमा

मंगलबार, भदौ १९, २०८०

काठमाडौँ–  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

samridhi jewllers

आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार