ग्रेटवाल भत्काएको अभियोगमा दुई जना पक्राउ

मंगलबार, भदौ १९, २०८०

बेइजिङ– चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।  

उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएका छ ।

राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)लाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ मा जानकारी प्राप्त भएको बताएका छन् । सुरक्षा अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

बत्तीसौँ  ग्रेट वाल खण्डका कारण पर्खाल पारी जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (सर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन् । यो घटनाबाट राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुगेको उनीहरूले बताएका छन् । 

बत्तीसौँ  ग्रेट वाल खण्ड मिङ काल ९१३६८–१६४४० बाट बाँकी रहेका केही पूर्ण पर्खाल र वाच टावरहरू मध्ये एक हो । यसलाई प्रान्तीय सांस्कृतिक अवशेष स्मारकका रूपमा सूचीकृत गरिएको छ । सन् १९८७ मा चीनको यो विशाल  पर्खाललाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा वैज्ञानिक सङ्गठन ९युनेस्को०ले विश्व सम्पदास्थलका रुपमा घोषणा गरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्