नेभिगेशन
सुरक्षा–अपराध

जडिबुटी दुर्घटना :  लेन क्रस गरेर भाग्ने मोटरसाइकलका चालक पक्राउ

काठमाडौँ – आइतबार कोटेश्वर–जडिबुटीनजिकै छाप्रोमा भएको बस दुर्घटना घटनामा २ जनाको मृत्यु भयो भने ७ जना घाइते भए ।

सवारी दुर्घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त फुटेजमा बस अगाडिबाट एक मोटरसाइकल लेन क्रस गरेको देखिन्छ। अचानक मोटरसाइकल अगाडि आएपछि बसले बचाउन खोज्दा तीनवटा सवारी साधनलाई ठक्कर दिएको थियो।

मोटरसाइकलका चालकलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष घले र दीपेन्द्र तामाङ रहेका छन् ।

मोटरसाइकलले बस अगाडिबाटै लेन क्रस गरेपछि बचाउन खोज्दा बा ३ ख ४८४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको जिप, बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध