चट्याङ लागेर एक जनाको मृत्यु, ४ गम्भीर घाइते

सोमबार, भदौ १८, २०८०

अर्घाखाँची– अर्घाखाँची मालारानीको गोखुङ्गामा आज परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । 

मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा दिउँसो अन्दाजी २ः५० बजे परेको चट्याङले स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो । उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । 

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन चार जनालाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको  स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्