जी–२० शिखर सम्मेलनमा राष्ट्रपति सी चिनफिङ सहभागी नहुने

सोमबार, भदौ १८, २०८०

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङ विशाल अर्थतन्त्र भएका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी–२० को यही भदौ २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने १८ औँ शिखर सम्मेलनमा सहभागी नहुने बेइजिङले घोषणा गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको सट्टा प्रधानमन्त्री ली छ्याङले शिखर बैठकमा भागलिने बताएका हुन् । उनले ‘जी २० शिखर सम्मेलनमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री लीले गर्ने’ जनाएका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्