Nic Ad Nic Ad
Nic Ad Nic Ad

खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारण मारिए

आइतबार, भदौ १७, २०८०

वाद मदानी– सुडानको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको छ ।

हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको केही घण्टापछि पनि खार्तुमका बासिन्दा आइतबार बिहान त्रासका साथ उठेको सुडानी अधिकारकर्मीले बताएका छन् ।

दक्षिणी खार्तूममा भएको हवाई बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छिमेकीको प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समिति धेरै स्वयम्सेवक समूहहरू मध्ये एक हो र यसले प्रजातन्त्र समर्थक प्रदर्शनहरूलाई समर्थन गर्दछ । अहिले सेना र अर्धसैनिक लडाकुहरू बीचको क्रसफायरमा स्वयमंसेवक समूहहरूले फसेका परिवारहरूलाई सहयोग प्रदान गर्छन् ।

यसअघि जारी गरिएको एक वक्तव्यमा उनीहरूले मृतकमा दुई जना बालबालिका पनि रहेको र थप मृत्युको रेकर्ड नभएको जानकारी दिएका थिए । बम विस्फोटमा उनीहरू गम्भीर रूपमा जलेका वा टुक्रा–टुक्रा भएका कारण उनीहरूको शरीरलाई तत्काल अस्पताल लैजान नसकिएको र परिचय खुल्न पनि नसकेको जनाइएको थियो । 

सशस्त्र द्वन्द्वस्थल र घटनाको तथ्याङ्क सङ्कलन कार्यक्रमका अनुसार अप्रिल १५ मा नियमित सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेजबीच युद्ध सुरु भएयता करिब पाँच हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

सुडानी सशस्त्र बलले आकाशलाई नियन्त्रण गरेको छ र नियमित हवाई आक्रमण गरिरहेको छ भने आरएसएफ लडाकुहरूले राजधानीका सडकहरूमा प्रभुत्व जमाएका छन् ।

पश्चिमी मुलुकहरूले पश्चिमी डार्फर क्षेत्रमा जातीयताका आधारमा अर्धसैनिक बल र सहयोगी मिलिसियाको हत्या गरेको आरोप लगाउँदै आएका छन् र अन्तर्राष्ट्रिय फौजदारी अदालतले कथित युद्ध अपराधको नयाँ अनुसन्धान सुरु गरेको छ ।

सेनामाथि जुलाई ८ मा भएको हवाई हमलामा करिब दुई दर्जन सर्वसाधारणको ज्यान जानेगरी भएको दुव्र्यवहारको आरोप पनि लागेको छ । 

सुडानका चार करोड ८० लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो छ र ६० लाख मानिस ‘अनिकालबाट एक कदम टाढा’ रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

असुरक्षा, लुटपाट र नोकरशाही अवरोधका बावजुद अन्तरराष्ट्रिय निकायले लाखौं खाँचोमा परेकाहरूलाई सहयोग गर्न सफल भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण करिब ३८ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य १० लाख मानिस सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेका छन् ।

‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ का अनुसार विस्थापितमध्ये खार्तुमका करिब २८ लाख मानिस रहेका छन् । यो राजधानीको युद्धपूर्वको करिब ५० लाख जनसङ्ख्याको आधाभन्दा बढी सङ्ख्या हो ।

सुडानका ४ करोड ८० लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो छ र ६० लाख मानिस चरम अनिकालको सङ्घारमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

असुरक्षा, लुटपाट र नोकरशाही अवरोधका बावजुद विश्व निकायले लाखौं खाँचोमा परेकाहरूलाई सहयोग गर्न सफल भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण करिब ३८ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य १० लाख मानिस सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेका छन् ।

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार विस्थापितमध्ये खार्तुमका करिब २८ लाख मानिस रहेका छन् । यो राजधानीको युद्धपूर्वको करिब ५० लाख जनसङ्ख्याको आधाभन्दा बढी हो ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्