डा स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ सार्वजनिक

बिहीबार, भदौ १४, २०८०

काठमाडौँ– डा स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ पुस्तक सार्वजनिक भएको छ । केशवानन्दले लेखेको पुस्तक आज पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा पञ्चकन्याबाट सार्वजनिक भएको हो ।

भविष्यका कर्णधार बालबालिकाको समुज्ज्वल जीवनका लागि शास्त्रीय आधार दिने उद्देश्यले पुस्तक तयार पारिएको केशवानन्दले बताए । “सनातन संस्कृति र मानवीय मूल्यको सर्वोत्कृष्ट यात्राका लागि पुस्तक तयार पारिएको हो”, उनले भने, “पुर्खाले जीवनयापनमा आवश्यक सम्पूर्ण कामलाई संस्कारसँग जोडेकाले सोही कुरा पुस्तकमा समावेश गरिएको छ ।”

एक सय १९ पृष्ठको पुस्तक भाना फाउण्डेशनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य रू ५५५ तोकिएको छ । पुस्तकमा गणेशवन्दना, सरस्वतीवन्दना, शिवस्तुती, गुरुवन्दना, देवीवन्दना, विष्णस्तुति, लक्ष्मीवन्दना, सूर्यवन्दना, कृष्णस्तुति, रामवन्दना, हनुमद्वन्दनालगायत विभिन्न चाडपर्व तथा संस्कार शिक्षाका बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्