बालिकाको मृत्युपछि गुल्मी अस्पतालमा तनाव, लापरवाही भएको भन्दै आफन्त आन्दोलित 

मंगलबार, भदौ १२, २०८०

गुल्मी – गुल्मी अस्पतालमा उपचारत ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी प्रशंसाको मृत्युपछि अस्पतालमा आफन्तहरुले प्रदर्शन गरेका छन् ।उनीहरुले शव उठाउन मानिरहेका छैनन् । 

सामान्य पेट दुखेर अस्पताल ल्याइएकी बालिकालाई दिउँसो वान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने कारण पत्ता लागेको छैन । 

अस्पतालको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्त आन्दोलित भएका हुन् । अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरे पनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए ।

अहिले अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्