चीनमा आचरण सुधार नगर्ने हजारौँलाई दण्ड

सोमबार, भदौ ११, २०८०

बेइजिङ– चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेका आचरण सुधारका आठबुँदे संहिता उल्लङ्घन गरेको आरोपमा हजारौँलाई दण्ड दिइएको छ । 

अनुशासन कायम नगरेको अभियोगमा  गत महिना ११ हजार छ सय ७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले आज जनाएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण आयोग र सुपरिवेक्षणको राष्ट्रिय आयोगले जारी गरेको विज्ञप्तिअनुसार सरकारी सेवाका आठ हजार एक सय ५७ अनियमितताका मामिलामा संलग्न आठ हजार ५३ जनालाई अनुशासनको कारवाही गरिएको हो ।  

कर्मचारीतन्त्रलाई कर्मचारीको हितका निम्ति मात्र अधिक उपयोग गरेका पाच हजार चार सय ५७ जना र आमोदप्रमोद एवं सुखसुविधामा आफूलाई केन्द्रित गरेका छ हजार दुई सय जनालाई सजाय दिइएको विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्