Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानसेनापति प्रभुराम शर्माको कर्ममा लुकेको ‘प्रभु राम’

सोमबार, भदौ ११, २०८०

म सिपाही हुँ, जहाँ मलाई भनिन्छ म लड्छु र जहाँ लड्छु त्यहाँ जित्छु भन्ने उक्तिका पर्याय हुन् प्रधानसेनापति प्रभुराम शर्मा। उनको नाम जस्तै कर्ममा लुकेका छन् प्रभु राम।

भनिन्छ, रामको कृपा असीम छ, आफ्नो आकांक्षा पूरा रामकै आशीर्वाद खोज्नुपर्छ। रामको भक्तिले सबैभन्दा उजाड आत्माहरूलाई पनि उत्थान र परिवर्तन गर्न सक्छ। रामका शिक्षाहरू हामीलाई धार्मिकताको मार्गमा डोहोराउने मार्गदर्शक ज्योति जस्तै हुन् पनि भनिन्छ। रामको प्रेमको कुनै सीमा छैन, उनका भक्तहरू उनलाई प्राणभन्दा प्रिय मान्छन्।

नेपाली लोकतन्त्रमा सेनाको भूमिका उपर्युक्त उक्तिभन्दा कम छैन। कतिपयले सत्ता पल्टाउनका लागि सेनालाई उद्वेलित बनाउने कोशिश गर्छन्। तर कसैले लोकतन्त्रको सौन्दर्यतालाई कसैले कायम राखेको छ भने त्यो नेपाली सेना हो र त्यसको नेतृत्व गरिरहेका छन् प्रधानसेनापति प्रभुरामले।

सेना राज्यका निम्ति सीमाको सुरक्षा, राष्ट्रिय खतराको व्यवस्थापक त हो नै। त्योभन्दा पनि बढीचाहिँ त्यसलाई चलाउन सक्ने कुशल नेतृत्वकर्ता हुन्छ। नेपालमा एक लाख सेनाको नेतृत्व तर कौशलताका साथ गर्नु चानचुने विषय नै होइन।

एक साँचो नेतासँग एक्लै उभिने आत्मविश्वास, कठिन निर्णयहरू गर्ने साहस, र अरूको आवश्यकताहरू सुन्नको लागि दयालुपन हुन्छ भनिन्छ। त्यसको मानकका रुपमा नै प्रभुराम उभिएका छन्।

आफ्नो कार्यको समानता र आफ्नो उद्देश्यको निष्ठामा उनी अटल रहेको पाइन्छ।

पहिला त प्रधानसेनापतिबारे केही परिचय गराऊँ

प्रभुरामले सन् १९८४ मा श्री पुरानो गोरख गणबाट आफ्नो सैनिक जीवन आरम्भ गरेका थिए। भारतबाट न्याश्नल डिफेन्स कोर्स गरेका उनले अमेरिकाका विभिन्न शिक्षालयहरूबाट तालिमहरू गरेका थिए।

नेपालभारतबीच वार्षिक रूपमा सञ्चालन हुने सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकहरूमा भाग लिएको अनुभव पनि उनमा छ। युद्ध कार्य महानिर्देशक, संभाररथी महानिर्देशक र बलाध्यक्षजस्ता जङ्गी अड्डा भित्रका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै उनी नेपाली सेनाको दोस्रो उच्च पद बलाधिकृतमा नियुक्त भएका थिए।

राष्ट्र संघको पूर्वी टिमोर र कङ्गोमा रहेको मिसनमा खटिने नेपाली फौजको कमान्ड गरेका उनी सन् २००८ देखि २०११ सम्म बाङ्ग्लादेशको ढाकामा सैनिक सहचारी रहेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका उनले भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफीलसम्म अध्ययन गरेका थिए।

जसरी ग्रन्थमा रहेका प्रभु रामले अयोध्याका जनतालाई न्यायको एउटा शिक्षा दिएको उल्लेख छ, सम्भवतः सैनिक कर्मचारीमा प्रधानसेनापति प्रभुराम शर्माले पनि न्यायको नयाँ रेखाङ्कन गरेका छन्

अहिले सैन्य प्रमुखको जिम्मेवारीलाई आत्मसाथ गर्न सक्षम उनको उदयले नेपाली सेनाले नयाँ गति लिएको छ। जुन, एक लाख सैन्य शक्तिका लागि अति प्रभावकारी भएको देखिन्छ।

नेपाली सेनाको संख्या धेरै भएको भनी सदनमा प्रश्न उठ्यो। यो प्रश्नलाई शालिन र कुटनीतिक हिसाबले नै उत्तर दिन सक्ने प्रधानसेनापति हुन् प्रभुराम। 

 विश्वका सबैभन्दा शक्तिशाली राष्ट्रहरूले दोस्रो विश्वयुद्धदेखि धेरै कमजोर राष्ट्रहरू विरुद्धको आफ्नो सैन्य लडाइँहरूको एक तिहाइ भन्दा बढी गुमाएका छन्, यद्यपि तिनीहरूका विरोधीहरू गम्भीर रूपमा अधिक हतियारबद्ध र अधिक सैन्य शक्ति सम्पन्न थिए। यसले धेरैलाई आश्चर्यचकित पारेको छ कि शक्तिशाली राज्यहरू किन सीमित युद्धहरू हार्छन्?

दोस्रो विश्वयुद्धदेखि यस्ता १२२ युद्ध र सैन्य हस्तक्षेपहरू फेला पारेका छन् जसमा संयुक्त राज्य अमेरिका, सोभियत संघ, चीन, बेलायत वा फ्रान्सले कमजोर विरोधीसँग लडे।

सेना कस्तो निर्माण गर्ने भन्ने प्रश्न निकै पेचिलो र महत्वपूर्ण छ। बदलिंदो भूराजनैतिक परिवेशमा नेपाली सेनाको संख्या कटौतीभन्दा पनि यसलाई अत्याधुनिक सेनाको रूपमा कसरी रूपान्तरण गर्ने भन्ने प्रश्न महत्वपूर्ण छ भन्ने प्रकारान्तरले प्रधानसेनापतिका धारणा पनि आएका नै छन्।

संसारका अनेक अभ्याससँग नेपाली सेनाको भूमिका कस्तो रहला भन्ने अलग प्रश्न हुन सक्ला। तर, जब प्रधानसेनापतिमा प्रभुरामको इन्ट्रि भयो, चार कमान्डमा मात्र सीमित राखिएको यो संगठनलाई ७ पृतनामा नै लैजानु उपयुक्त हुन्छ भन्ने ठानेर नयाँ नियम लागू गरियो। यसले अघिल्लो कमान्डले अन्तिम समयमा लिएको निर्णय व्यवाहारिक थिएन भन्ने स्पष्ट पार्न प्रधानसेनापति सफल भए।

चेन अफ कमान्डमा अब्बल, विकासका काममा सक्रिय र राज्यका नीतिसँग सरल शैलीमा प्रस्तुती गर्नु उनको भूमिकाले निक्कै ठूलो योगदान गरेको छ। यसकारण पनि उनले लिएको गति र सेनामा बसालेको लयलाई नजरअन्दाज गर्न मिल्दैन। अन्याय भएका सैनिक कर्मचारीलाई न्याय दिने र न्याय गर्न नसक्ने अधिकारीलाई त्यहि शैलीमा नै व्यवाहारिक बनाउने उनको भूमिका देखिएको छ।

जसरी ग्रन्थमा रहेका प्रभु रामले अयोध्याका जनतालाई न्यायको एउटा शिक्षा दिएको उल्लेख छ, सम्भवतः सैनिक कर्मचारीमा प्रधानसेनापति प्रभुराम शर्माले पनि न्यायको नयाँ रेखाङ्कन गरेका छन्। त्यसैले पनि सेनाको ओज बलियो भएको देखिन्छ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्