आज भदौ ११ गते ,यस्तो छ तपाईंको आजको राशिफल

सोमबार, भदौ ११, २०८०

काठमाण्डौ - आज भदौं ११ गते सोमबार । श्रावण शुक्लपक्ष द्दादशी । नेपाल संवत् ११४३ । अगष्ट २८ तारिख २०२३ । तपाईंको आजको राशिफल यस्तो छ

मेष : मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ । समयको राम्रो सदुपयोग हुनेछ । आफ्नो सामथ्र्य अनुसारको काम गर्ने प्रयास हुनेछ ।

वृष : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । काममा सधैभन्दा बढी खटिनुपर्ने हुनसक्छ । आफुसँग असम्बन्धित कुराबाट तर्किनु नै उत्तम हुनेछ ।

मिथुन : कुनै कुराले मन कुडिन पनि सक्छ । आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अनपेक्षित रुपमा कसैमाथी रिस पोखिन सक्छ ।

कर्कट : आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । समय आफु अनुकुल रहनेछ । कुनै कामविशेषले कतै जानुपर्नेछ ।

सिंह : मनमा भएको दुविधा हट्दा उत्साह बढ्नेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । सोचे अनुरुप सबै कुरा मिल्दै जाने योग छ ।

कन्या : स्वास्थ्यमा गढबढी आईदिनसक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कतै जानुअघि त्यहाँको बस्तुस्थिती बुझेरै जाँदा राम्रो होला ।

तुला : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ । कसैको क्रियाकलापप्रति मनमा सन्देश हुनसक्छ । कसैमाथी भर परिहाल्न मनलाई गाह्रो हुनेछ ।

वृश्चिक : समयअनुसारका काममा आफुलाई ढाल्ने प्रयास हुनेछ । सबै कुराको तारतम्य मिलाउँदैं गइनेछ । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।

धनु : घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ । कतैबाट नयाँ कामका लागि प्रस्ताव आउन सक्छ । आत्मसम्मानको ख्याल गदैं काम गरिनेछ ।

मकर : सबै कुरा आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । आफुलाई समयानुकुल चलाउने प्रयास हुनेछ । आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ बढी सचेत रहनु होला ।

कुम्भ : विश्वास गरेकाले नै खुटटा तान्ने प्रयास हुनेछ । काममा अनावश्यक झन्झट आइलाग्न सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मीन : आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ । आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ । कामविशेषले टाढाको यात्रा गर्नुपर्ने योग देखिन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्