हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा  सहयोग गर्न आग्रह

आइतबार, भदौ १०, २०८०

सिन्धुपाल्चोक - मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्‍याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ । 

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदैे आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरे ।

उनले  बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसंग सहयोग मागिएको बताए । 

सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि रु एक करोड पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकालगायतमा रकम पनि उपलब्ध नगराएको प्रति उनले असन्तुष्टि प्रकट गरे ।

बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको एउटा भवन बाढीले बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन् ।

 
स्वास्थ्यमन्त्री बस्नेतद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीलगायत क्षेत्रको शनिबार निरीक्षण गरेका छन् । उनी सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

अबिरल वर्षाका कारण जिल्लाको ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचना, चनौटे बेलीब्रिज, मेलम्ची बेलीब्रिजलगायत केही घरमा बाढीले क्षति पुर्याएको छ ।

 मन्त्री बस्नेतले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतको कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायलाई निर्देशन दिए ।

बाढीप्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धारका लागि मन्त्री उनले बागमती प्रदेशका सभासदस्य कृष्णकुमार तामाङ, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेशराज भण्डारी, मेलम्ची नगर उपसभापति रामशरण गिरीलगायतका नेतालाई पनि त्यहाँ खटाइएको जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार