रुस–युक्रेन युद्ध

रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, ४ जनाको मृत्यु

बुधबार, भदौ ६, २०८०

कीएभ– युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा बुधबार रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । 

युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भउको हो । 

रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा लगातार छैटौं रात ड्रोन आक्रमण भएको छ ।

कीएभबाट २३० किलोमिटर पूर्वमा रहेको युक्रेनको रोम्नी गाउँमा विद्यालयमा आक्रमण भएको थियो । उद्धारकर्ताहरूले विद्यालयका निर्देशक, उपनिर्देशक, सचिव र लाइब्रेरियनको शव भग्नावशेषमुनि फेला पारेका थिए । 

युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले भने, “रोमीको एक विद्यालयमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । 

मन्त्री क्लाइमेन्कोका अनुसार विद्यालयमा काम गर्ने चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । उनले भग्नावशेषले ढाकिएको भवनको फोटो पोस्ट गरेका छन् । तस्वीरमा एक दर्जन उद्धारकर्ताहरूले घटनास्थल सफा गरेका देख्न सकिन्छ । 

क्लाइमेन्कोले भने, “फोटोमा, विद्यालयको भग्नावशेषको बीचमा सुरक्षाका लागि विश्रामगृह रहेको एउटा प्रवेशद्वार पनि देखिएको छ । भाग्यबस, आक्रमणको चेतावनीको साइरन बझ्न थालेपछि मानिसहरू त्यहाँ नगएर अन्यत्र भागेकोले थप क्षति हुनबाट जोगिएको छ ।”

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्