तस्बिर

त्रिशुली बस दुर्घटनामा यसरी गरियो तत्काल उद्धार [तस्बिरहरु]

बुधबार, भदौ ६, २०८०

काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरी गाउँपालिकास्थित छहराबाट त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अन्य बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

Trishuli bus accident51692799125.jpg

धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

Trishuli bus accident11692799124.jpg

‘प्रहरी, सेना र स्थानीयको सहकार्यमा घटनास्थलबाट उद्धार गरिएको १६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी जयसवालले बताए । उनले दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जानकारी दिए ।

Trishuli bus accident21692799124.jpg

उक्त दुर्घटनामा नेपाल प्रहरी र नेपाली सेनाले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको हो ।

Trishuli bus accident61692799125.jpg

Trishuli bus accident31692799125.jpg

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्