सर्वदलीय बैठक

सर्वदलीय बैठकमा अध्यक्ष ओली पनि सहभागी

सोमबार, भदौ ४, २०८०

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जारी सर्वदलीय बैठकमा प्रमुख दलका शीर्ष नेताहरु सहभागी छन् ।

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको आज साँझ बसेको सर्वदलीय बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेता सहभागी भएका हुन् । 

sarba daliya baithak 2080 bhadra21692631315.jpg

बैठकमा १९ साउनदेखि नेकपा एमालेले गरिरहेको संसद अवरोध खुलाउने विषयमा छलफल हुनेछ ।

आजै अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई भएपछि बैठकको समय सारिएको थियो ।

यसअघि आइतबार बसेको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक विना निष्कर्ष सकिएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्