हिन्दी गीतमा यसरी नाचिन् पूर्वयुवराज्ञी हिमानी शाह (भिडिओ)

सोमबार, भदौ ४, २०८०

काठमाडौं सामाजिक काममा ख्याती कमाइरहेकी पूर्वयुवराज्ञी हिमानी शाह हिन्दी गीतमा नाचेको भिडिओ सार्वजनिक भएको छ।

एउटा पारिवारिक पार्टीका क्रममा उनी नृत्य गरेको देखिन्छ।

निलो सारीमा सजिएकी उनी हिन्दी गीतदुपटा तेरा भन्नेमा रमाएर नाचेकी छन्। यसअघि पनि उनी छोरीहरूसँग नाचेको भिडिओ सार्वजनिक भएको थियो।

पारिवारिक जमघटका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित उपस्थित हुने कतिपय कार्यक्रममा राष्ट्रिय गीतमा हिमानी नाचेका भिडिओ सार्वजनिक हुने गरेका छन्।

भिडिओ स्रोतः पत्रकार पवनबर्षा शाहको ट्वीटर

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्