नेभिगेशन
सुरक्षा–अपराध

अपराधमा संलग्न १५० बालबालिका भक्तपुर सुधार गृहबाट फरार

काठमाडौं विभिन्न अपराधमा संलग्न भई भक्तपुरस्थित एक सुधार गृहमा रहेका १५० जना बालबालिका फरार भएका छन्।

सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट उनीहरु भागेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेका हुन्।

उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए।

प्रदर्शनकारीलाई साथ दिएका सुधार गृहका बन्दी मध्य केही बालक ३२ जना किशोरी मात्र रहेका छन्। उक्त सुधार गृहमा २५६ जना थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ