समाजवादी मोर्चाको बैठक आइतबार साँझ

शनिबार, भदौ २, २०८०

काठमाडौँ– चार दल आबद्ध समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ । 

लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने नेकपा समाजवादीका प्रवक्त जगन्नाथ खतिवडाले जानकारी दिए ।

शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समाजवादी मोर्चाका बारेमा छलफल समेत भएको खतिवडाले जानकारी दिए । बैठकमा आइतबारबाट सुरु हुने पार्टीको पोलिट्व्युरो बैठकको एजेण्डाका बारेमा छलफल गरेको उनले बताए ।

भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटीको तयारीका बारेमा केन्द्रीत रहेर पोलिट्व्युरो बैठकमा छलफल हुने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्