फाइटरमा एयरफोर्स पाइलटको भूमिकामा ऋतिक

बुधबार, साउन ३१, २०८०

एजेन्सी - ऋतिक रोशन स्टारर फिल्म फाइटरको मोशन पोस्टर सार्वजनिक भएको छ । यस फिल्ममा ऋतिक र अभिनेत्री दिपिका पादुकोण एयरफोर्स पाइलटको भूमिकामा छन् । सन २५ जनवरी २०२४ मा रिलिज हुने यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । 

भियाकम १८ स्टुडियोज र माफ्र्लिक्स पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अनिल कपुर पनि मुख्य भूमिकामा छन् । नोभेम्बर २०२२ मा यस फिल्मको सुटिङ सुरु भएको थियो । फिल्मलाई आसाम, हैदरावाद, जम्मू–कास्मिर र मुम्बईमा सुट गरिएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्