द घोस्ट अफ गान्धीको टिजर सार्वजनिक 

बुधबार, साउन ३१, २०८०

एजेन्सी - वेव सिरिज ‘द घोस्ट अफ गान्धी’ को टिजर सार्वजनिक भएको छ । यस वेव सिरिजले महात्मा गान्धीको भूत भ्रस्टाचारविरुद्ध पाठ सिकाउनका लागि आएको कथा देखाउँछ ।

सरमन जोशी, सरिब हास्मी र डेजी शाहले सिरिजमा मुख्य भूमिका निर्वाह गरेका छन् । थ्रि एरोज प्रडक्सन र सीता फिल्मस्को ब्यानरमा निर्माण भएको यस सिरिजलाई मनिष किशोरले निर्देशन गरेका हुन् । यो उनको निर्देशनमा तयार भएको पहिलो सिरिज हो । 

https://www.youtube.com/watch?v=HJnzBZbQK4o

 

 

 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्