Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

मंगलबार, साउन ३०, २०८०

काठमाडौँ - हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ  । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

 कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तैगरी, आज राति मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ  ।  

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्