भावनाको तीज गीतमा राजेश हमालको अभिनय

सोमबार, साउन २९, २०८०

काठमाडौं । गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घर आँगनमा नाच फरर’ बोलको गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा फिचर्ड छन् ।

भिडियोमा महानायक हमाल र मोडल मन्जुको केमेस्ट्रि सुहाएको छ। भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु लोकप्रिय छन् । त्यस्तैगरी गायक डेभिडको पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरु सफल छन्।

देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडिायोको छायांकन उत्सब दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस पटकको तीजमा यो गीतले राम्रै प्रतिक्रिया पाउनेमा निर्माण टिम ढुक्क छन्।

Aafnai Ghar Aanganma (Teej Song 2080) - Rajesh Hamal, Manju Thapa || David Shankar, Bhabana Acharya - YouTube

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्