नेभिगेशन
मनोरञ्जन

दोहोरी आइकन्सको डिजिटल अडिसन सकियो

काठमाडौँ–  टेलिभिजन रियालिटी शो दोहोरी आइकन्सको डिजिटल अडिसन सकिएको छ। डिजिटल अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई यहि साउन ३० गते मंगलबार फिजिकल अडिसन गरिने भएको छ। फिजिकल अडिसन एजे इन्टरटेनमेन्टसको स्टुडियो पहेंलो पुल काठमाडौँमा हुने अध्यक्ष अजय पोखरेलले बताएका छन्।  

मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित टेलिभिजन रियालिटी शो दोहोरी आइकन्स मा कोमल वली, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा र रमेश बिजी निर्णायकको भूमिकामा हुनेछन्। होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन्।

प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। दोहोरी आइकन्समा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका थिए। केही महिनापछि प्रसारण सुरु हुने यो कार्यक्रम योहो टेलिभिजनबाट प्रसारण हुनेछ। यस कार्यक्रमको पोस्ट र डिजिटल प्रोमोसनको जिम्मा सूत्र मिडियाले लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन