अस्ट्रेलियामा 'जय हो' को प्रमोशन गरेर सलोन काठमाडौं फर्किए

आइतबार, साउन २८, २०८०

काठमाडौं - अभिनेता सलोन बस्नेत अष्ट्रेलियामा फिल्म 'जय हो' को प्रचार सकेर शुक्रबार नेपाल फर्केका छन् । अब उनी नेपालमा फिल्मको प्रचारको काममा व्यस्त हुनेछन् ।

आगामी भाद्र ८ गते रिलिज हुने यो फिल्म अष्ट्रेलियाका ४० ओटा हलमा एकसाथ प्रदर्शनमा आउनेछ । फिल्ममा सलोन मुख्य भूमिकामा छन् । त्यहाँका वितरक देव कार्कीसँग मिलेर सलोनले हरेक हलमा फिल्मको व्यानर राखेका हुन् ।

उनी अष्ट्रेलियाका विभिन्न शहरमा वितरक र निर्मातासँगै पुगेर दर्शकलाई फिल्मको बारेमा जानकारी दिएका छन् । त्यहाँ फिल्म हेर्न दर्शक निकै प्रतिक्षारत रहेको पाएको अभिनेता बस्नेतले बताए ।

अष्ट्रेलियाबाट फर्के लगत्तै सलोन अब जय होको प्रचारको लागि देश दौडाहामा निस्कने तयारीमा छन् । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा सलोनका अलवा केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेडमा समीर खान । निर्माता सुरज ल्वागन ९सरकार० र राज के अधिकारी रहेका छ्न् ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्