सुस्मिता सेनलाई मानार्थ पिएचडी

शनिबार, साउन २७, २०८०

एजेन्सी - अभिनेत्री सुस्मिता सेनालाई पश्चिम बंगालस्थित टेक्नो इन्डिया विश्वविद्यालयले मानार्थ डक्टरेट उपाधि प्रदान गरेको छ । विशेष समारोहबीच सुस्मिताका पिता सुबिर सेनले यो अवार्ड लिएका हुन् । सुस्मिता भारतकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । ४७ वर्षीया उनी पूर्व मिस युनिभर्स समेत हुन् । 

सुस्मिता स्टारर वेव सिरिज ताली केही समयमै जियो सिनेमामार्फत प्रशारण हुँदैछ । यो सिरिजमा उनले ट्रान्सजेन्डर अभियन्ता श्रीगौरी सावन्तको भूमिका निर्वाह गरेकी छिन् । केही समयमै उनी अभिनित ‘आर्य ३’ प्रदर्शनमा आउनेछ । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्