राखेपद्वारा संघर्षका कार्यक्रम घोषणा, एशियन गेम्सको तयारी प्रभावित

बिहीबार, साउन २५, २०८०

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा कार्यरत कर्मचारीहरुले लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया अगाडि नबढेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले २७ बर्षदेखि कर्मचारीहरुको बढुवा नभएको भन्दै सम्बन्धीत निकायमा जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले साउन २६ गते उपत्यकामा रहेका सवै कर्मचारीको भेला गराई कोणसभा गर्ने, साउन २८ देखि ३० गतेसम्म कालो पट्टी बाधेर काम गर्ने, साउन ३१ गते कालो पट्टी बाधेर १ घण्टा र साउन ३२ र भाद्र १ गते दुई घण्टा पेन डाउन गर्ने जनाएका छन् ।

शान्तिपूर्ण संघर्षकाबीच आफुहरुको माग पुरा नभए अर्को चरणको आन्दोलनको घोषणा गर्ने संघकी अध्यक्ष सरस्वती केसीले बताउनुभयो । उहाले राखेपको ११६ औं बोर्ड बैठकको निर्णय अनुसार बढुवा प्रक्रिया अगाडि बढाईएपनि सरोकारवाला निकायले चासो व्यक्त नगरेको जिकिर गर्नुभयो । उहाले खेलकुद मन्त्रालयलबाट नै बढुवा प्रक्रिया राकिएको जिकिर गरे ।

उनले कर्मचारीहरुको बढुवा रोक्दा एशियन गेम्सको तयारी तथा प्रशिक्षण समेत रोकिन सक्ने बताए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्