क्यानडाको बार्षिक क्यालेन्डरमा ‘नेपाली डे’, हिमालयन मेलामा शिव परियारले गाउने

बिहीबार, साउन १८, २०८०

काठमाडौँक्यानडाको टोरोन्टोस्थित नाथान फिलिप्स् स्क्वायरमा यही १३ अगस्टमा १५औँ हिमालयन मेला हुने भएको छ । क्यानडा बस्दै आइरहेका नेपालीहरुबीच सद्भाव, भाइचारा र आत्मभाव विकास गर्न विगत १६ वर्षदेखि नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसिसिएस) ले  मेला आयोजना गरिरहेको छ ।

यस कार्यक्रमले नेपाली भाषा, संगीतसंस्कृति, रहनसहन, परिकारलगायतको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । नेपालमा क्यानेडियन पर्यटकहरुलाई आकर्षित गर्नका लागि पनि यो मेला महत्वपूर्ण साबित हुने आयोजक एनसिसिएसको विश्वास छ ।

यस मेलालाई क्यानेडियन सरकारले पनि आफ्नोे वार्षिक क्यालेन्डरमा नेपाली डे नाम दिएर समावेश गरेको छ । मेलामा करिब २० हजार नेपालीको उपस्थिती  हुने आयोजकको अनुमान छ ।

मेलामा यसपटक लोकप्रिय गायक शिव परियार र गायिका मिना निरौलाले आफ्नो प्रस्तुति दिनेछन् । गायक परियारले धोकेवाज हौ तिमी, पाकेर खाको फल मिठो, पिलायो साथीले चर्चित गीतहरु गाउनेछन् ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्