गौर हत्याकाण्ड

गौर हत्याकाण्ड : मर्ने–मार्ने पार्टीका नेता सत्तामा लिप्त, पीडित परिवार अझै विक्षिप्त

बुधबार, साउन १७, २०८०

रौतहटन्यायको माग गर्दै गौर हत्याकाण्डका पीडित परिवार सडकमा विक्षिप्त हुँदै धर्ना बसेको ५ दिन पुग्दा पनि सरकारले बेवास्ता गरेको छ।

रौतहटको चन्द्रपुरमा उनीहरु पाँच दिनदेखि धर्नामा छन्। सरकारले आफूहरुको माग सम्बोधन नगरेकाले धर्ना बस्नुपरेको पीडितहरु बताउँछन्।

गौर हत्याकाण्डका अपराधिलाई कानूनी कठघरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले धर्ना सुरु गरेको हो।

धर्नामा बसेका पीडितले हत्याकाण्डका नाईके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, मानव अधिकारको रक्षा गर, कानूनी शासन लागु गर जस्ता नारा लगाउँदै यसअघि देखी नै आन्दोलनमा बिभिन्न कार्यक्रम सम्पन्न गरिसकेका छन्।

मधेस आन्दोलनका बेला यादव नेतृत्वको मधेसी जनाधिकार फोरमका कार्यकर्ताले अमानवीय ढंगले हत्या गरेका थिए। 

संघर्ष समितिका संयोजक रुपसागर देवी उपाध्यायले शक्ति र सत्ताको बलमा आपराधिलाई जोगाउँने प्रयास भएको भए पनि त्यो धेरै दिनसम्म नटिक्ने बताए। अपराधीलाई कारवाही गराउँनका लागि आफूहरुको संघर्षका कार्यक्रमहरु परिमार्जन भए पनि त्यो जारी नै रहने उनले बताए।

यस अघि उनीहरुले गौरमा र्याली निकाल्नुका साथै रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै अपारधीलाई कारवाही माग गर्नुपर्ने माग राखेका थिए। हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशक भन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै उनीहरुले आक्रोशि व्यक्त गर्दै आएका छन् 

२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी नर्दोस कार्यकर्ताको निर्मम हत्या गरेका थिए।

उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोस नागरिकहरु घाईते भएका थिए।

त्यस घटनामा बन्दुक, बाँसको फाटा, ढुंगाले टाउँको र मुखमा हानेर मारेका थिए। त्यस्तै महिलाहरुलाई बाँसको फाटाले सम्बेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको विभिन्न प्रतिवेदनले खुलासा गरेका थिए।

यो घटना प्रचलित नेपाल कानून बमोजिम अपराध मात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ।

गौर हत्या काण्ड भएको भोलिपल्ट नै तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा र संयूक्त राष्ट्र संघीय मिसन (अनमिन)का प्रतिनिधि पनि घटना स्थल पुगेका थिए।

घटनाको वास्वविक तथ्य पता लगाउनका लागि नेपाल सरकारले तत्कालिन पुनराबेदन अदालतका न्यायाधिश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले बुझाएको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिबेदनले समेत यस घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानविय अपराध गरेको भनि निष्कर्ष निकालेको थियो।

अहिले भने मारिने दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र मार्ने दलका अध्यक्ष उपेन्द्र यादव सत्ता सहकार्यमा छन्। यति मात्र नभएर सत्ताभित्र पनि मिनि सत्ताका रुपमा दुवै दलका नेता समाजवादी मोर्चामा बाँधिएका छन्।

छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक जोगिन नसक्ने भएपछि फरार, अनेक प्रयत्न असफल

काठमाडौंकाभ्रेपलाञ्चोक बनेपा२ स्थित कुशादेवी माध्यमिक विद्यालयकी कक्षा १० की एक छात्रालाई यौन दुव्र्यबहार गर्ने शिक्षक फरार रहेका छन्। 

एक साता अघि विद्यालयका सहायक प्रधानाध्यापक छविरमण गौतमले यौन दुव्र्यवहार गरेपछि पीडित विद्यार्थीसहितले विद्यालय प्रशासन र वडा कार्यालयमा लिखित उजुरी दिएका थिए। तर गौतमलाई जोगाउनका लागि घटना सामसुम पार्ने प्रयत्न भएको आरोप लागेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले पीडित बालिकाका अभिभावकसँग सल्लाह गरेर मात्रै किटानी उजुरी गर्ने भन्दै घटनालाई ढाकछोप गर्न खोजेको आरोप लागेको थियो।

आरोपित गौतम एमाले सम्बद्ध शिक्षक संगठनमा आवद्ध रहेको र उक्त क्षेत्रमा सोही पार्टीको दबदबा रहेको छ।

यद्यपी सर्वसाधारणको दबाब थेग्न नसकेपछि प्रहरीमा साता दिनपछि भर्खरै उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) भाग्येन्द्रपुरुष ढकालले जाहेरी परेको पुष्टि गरेका छन्। उनले उक्त उजुरीमाथि अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्।

उक्त वडाका अध्यक्ष अधिकारीले २० जना विद्यार्थीले जाहेरी दिएका कारण कारबाही प्रक्रिया अगाडि बढेको जानकारी दिए। विद्यालयले कारबाही गरी शिक्षा विभागदेखि जिल्ला प्रशासनसम्म पनि जानकारी भइसकेको अधिकारीले बताए।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्