पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको घट्यो

मंगलबार, साउन १६, २०८०

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै, एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।

निगम आज साँझ जारी गरेको सूचनाअनुसार भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ ।

यस्तो छ आयल निगमको सूचना

petrol price 16 sraban 20801690904653.jpg

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार