जुवा काण्डका दुई अभियुक्त कलाकारको जोडी टुट्यो, चिन्नुहोस् को हुन् उनीहरू

सोमबार, साउन १५, २०८०

काठमाडौंअनलाइन जुवा खेलाउने वान एक्स बेटका प्रचारक भएपछि महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएर धरौटीमा छुटेका दुई अभियुक्त कलाकारको जोडी छुटेको खबर सार्वजनिक भएको छ।

मेरी बास्सैदेखि घनिष्ट सम्बन्ध भएका कलाकारहरू मरिचमान श्रेष्ठ बल्छी धुर्वे र राजु पौडेल राजु मास्टरको व्यावसायीक यात्रामा ब्रेक लागेको छ।

बल्छी धुर्वे राजु मास्टरको सहकार्य सिरियलमा मात्र सीमित रहेन, यी दुई जोडी बनेर मेलामहोत्सवमा समेत पुगेर दर्शक हँसाएका थिए, त्यो पनि बन्द भएको बताइन्छ।

उनीहरू रिहा भएपछि बल्छी धुर्वेले आफ्नो युट्युबबाट सार्वजनिक हुँदै आएको हल्का रमाइलो सिरियल प्रसारणमा ल्याइसकेका छन्। यद्यपि, उक्त सिरियलका दुइटा भागमै राजु मास्टर गायब छन्।

मेरी बास्सैमा यी दुवैलाई सिताराम कट्टेल धुर्मुसले भित्राएका थिए। उनीहरुले छाडे पनि यी दुई जनाले यो सिरियललाई निरन्तरता दिएका थिए। पक्राउ परेपछि अबरुद्ध भएको सिरियलसँगै दुवैको सम्बन्धमा चोट लागेको बताइन्छ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्