नेभिगेशन
सुरक्षा–अपराध
एक क्विन्टल सुन तस्करी प्रकरण

सोह्रखुट्टेबाट शंकास्पद ६६ काटुन ‘ब्रेक शु’ बरामद

काठमाडौँ– राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट  ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटुन बरामद गरेको छ । 

बुधबार साँझ विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक गोदाममा छापा मारी  ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटुन बराम गरेको हो ।

सोह्रखुट्टेस्थित उक्त गोदामबाट बरामद सामग्रीमा सुन भए–नभएको विषयमा परीक्षण हुन बाँकी रहेको विभागले जनाएको छ । विभागका अनुसार भेटिएको सामान  सिलबन्दी गरी सुरक्षित स्थानमा राखिएको छ ।

ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेकोले बरामद गरिएको विभागले जानकारी दिएको छ ।

यसअघि गत २ साउनमा मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिएको सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा १०० किलो बढीको सुन बरामद भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध