दानव खोलाको बाढीले बगाउँदा महिला बेपत्ता

मंगलबार, साउन ९, २०८०

लुम्बिनी– दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् । 

दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

रूपन्देहीको सम्मरीमाई गाउँपलिका–७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउदै गरेको दाउरा बढार्दै गर्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता भएको पारिवारिक स्रोतको भनाइ छ । 

आज ११ बजेदेखि खोलाको बाढीमा हराइरहेकी यादवको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । –रासस

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्