अविरल बर्षापछि दाङ्ग डुवानमा

मंगलबार, साउन ९, २०८०

दाङ्ग– अविरल बर्षाका कारणले दाङ्गको लमही नगरपालिका गढवा गाँउपालिका र राजपुर गाँउपालिकामा १६ घर डुवानमा परेका छन् भने एक घर भत्किएको छ ।

घरहरु डुवानमा परेको खवर प्राप्त हुनासाथ पुगेको प्रहरीले नागरीकहरुको उद्दार गरेर सुरक्षित स्थानमा सारेको छ । राजपुर गाँउपालिका वडा नंं. २ कि पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ्ग प्रहरीले जनाएको छ ।

त्यसैगरी, खहरे खोलाहरुमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडक खण्ड अवरुद्ध भएको छ । पालिकाको सहयोगमा डोजरहरुको प्रयोग गरेर बाढि संगै आएको पहिरो तथा लेदो हटाउने काम शुरु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, तुलसीपुर देखी घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर १४ मा पर्ने स्थानिय खोलामा आएको बाढिले बगाएको छ । गाडीमा चालक मात्रै रहेको र चालकको उद्दार गरिएको पनि प्रहरी जनाएको छ ।

लगातारको वर्षाले राप्ती नदि र ववै नदिमा बाढि आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाव फिल्ड कार्यालय दाङ्गले बिहानै नदी तटका वासिन्दालाई सतर्क रहन सुचना जारी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार