Nic Ad Nic Ad
Nic Ad Nic Ad
मिटरव्याज पीडित

नयाँ विधेयकप्रति मिटरव्याज पीडित असन्तुष्ट, आन्दोलन जारी रहने

मंगलबार, साउन २, २०८०

काठमाडौँ– मिटरव्याज पीडितहरुले सरकारले ल्याएको मिटरव्याज सम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाएका छन् । 

मिटर व्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।

समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ । 

संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए । उनले साहुमहाजनसँग भएका कागजपत्रको छानविन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने बताए ।

संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शन सहित संसद भवन घेराउ गरेका छन् । उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्