ज्यान मार्ने धम्की दिएर सामूहिक बलात्कार, ४ जना पक्राउ

मंगलबार, साउन २, २०८०

सप्तरी - जिल्लाको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । 

पीडितको जाहेरीका आधारमा दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरूले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोमबार किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्