प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ

सोमबार, साउन १, २०८०

काठमाडौँ– नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरुपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोको  टोलीले प्रधानमन्त्रीको फोटो ‘सम्पादन’ गरी सामाजिक सञ्जालमा राख्ने रुपन्देही देवदह नगरपालिका घर भइ बुटवल बस्ने ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले कानुनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्द प्रयोग गरी प्रकाशन तथा प्रदर्शन गरेकाले पक्राउ गरिएको जानकारी र्दि ।

पक्राउ परेका रानालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ गरिएको प्रवक्ता रायले बताए ।

पक्राउ रानालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । –रासस

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्