सचिवालयको कार्यसूची तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

शुक्रबार, असार २९, २०८०

काठमाडौँ– नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

    बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा राखिएको छ । एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालयमा बोलाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्