बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु

शुक्रबार, असार २९, २०८०

बैतडी– जिल्लामा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो । बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आइसियुमा राखेर उपचार हुँदैछ । 

    बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिठ गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए । रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्