‘रोहिङ्ग्या शरणार्थी म्यान्मा फर्कन अझै असुरक्षित’ 

बिहीबार, असार २८, २०८०

ढाका– बङ्गलादेशका लागि अमेरिकाका एक उच्च अधिकारीले जातीय रोहिङ्ग्या शरणार्थीलाई म्यान्मा फर्काउनका लागि अवस्था असुरक्षित रहेको बताएका छन् । 

बङ्गलादेशमा राज्यविहीन अल्पसङ्ख्यक समुदायका करिब १० लाख सदस्य छन्, जसमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका हुन् ।

अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जेयाले ढाकामा पत्रकारहरूसँग भनिन्, “हामी रोहिंग्याहरूको अन्तिम, सुरक्षित, सम्मानजनक, सुसूचित र स्वैच्छिक फिर्तीका लागि वातावरण सिर्जना गर्ने प्रयासलाई समर्थन गर्दछौं ।”

बङ्गलादेशका विदेश सचिव मसूद बिन मोमेनसँगको वार्तापछि बोल्दै जेयाले रोहिंग्या समुदायलाई जबर्जस्ती स्वदेश फर्काउने प्रतिबद्धता दोहो¥याएकोमा ढाकाको प्रशंसा गरिन् । बङ्गलादेश र म्यान्माले दशकौंदेखि उत्पीडनमा परेका र नागरिकताबाट बञ्चित रोहिङ्ग्या शरणार्थीलाई आफ्नो मातृभूमिमा फर्काउने प्रयासबारे छलफल गरेका छन् ।

यस वर्ष रोहिङ्ग्या शिविरमा प्रतिद्वन्द्वी विद्रोही सेनाबीच भएको झडपमा दर्जनौंको मृत्यु भएको छ भने ह्युमन राइट्स वाचले बिहीबार ‘सशस्त्र समूह र आपराधिक समूहद्वारा बढ्दो हिंसा’ को चेतावनी दिएको छ ।

संयुक्त राज्य अमेरिका रोहिङ्ग्या मानवीय प्रयासहरूको लागि सबैभन्दा ठूलो दाता हो, जसले रोहिङ्ग्या र बङ्गलादेशका सहयोगी समुदायहरूलाई २.१ अर्ब अमेरिकी डलरभन्दा बढीको सहायता प्रदान गर्दछ । आर्थिक सहायता कटौतीले संयुक्त राष्ट्रसंघीय खाद्य एजेन्सीलाई यस वर्ष दुई पटक शरणार्थी बस्तीका लागि रासन कटौती गर्न बाध्य बनाएको छ । सहायताकर्मीहरूले यो कदमले शिविरहरूमा पहिले नै अनिश्चित सुरक्षा स्थितिलाई अझ खराब बनाउन सक्ने चेतावनी दिएका छन् । 

जेयाले बिहीबार बंगलादेश र म्यान्मारको रखाइन राज्यका शिविरमा रहेका रोहिङ्ग्या शरणार्थीका लागि थप सात करोड ४० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छन् ।

अमेरिकी कूटनीतिज्ञले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भेट गरी सन् २०२४ को जनवरीमा हुने ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको आवश्यकता’ बारे छलफल गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्