अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामी बालकको ज्यान गयो

बिहीबार, असार २८, २०८०

घोराही– अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । 

घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको आज मृत्यु भएको हो ।

एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।

अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा रमेश कँडेलले यसलाई भवितब्य घटना भएको बताए । कुनै पनि बिरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफूहरूको भए पनि कहिलेकाहीँ यस्ता घटना हुने गरेकामा आफू दुःखी भएको प्रतिक्रिया दिए । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ । –रासस

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्