थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल

बिहीबार, असार २८, २०८०

बैङ्कक– थाइल्याण्डको संसदले बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । 

प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री चयन हुन नसकेको हो । 

पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनित एक मात्र उम्मेदवार थिए । तर उहाँको पक्षमा ३२४ मत मात्र परेको थियो । यो प्रधानमन्त्री बन्नका लागि आवश्यक ३७६ मतको साधारण बहुमतभन्दा कम थियो । 

सांसदहरूबीच घन्टौं लामो बहसपछि मतदान भएको थियो । थाइल्याण्डमा गत मे महिनामा भएको आम निर्वाचनमा मुभ फरवार्ड पार्टी संसदको तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्